पाल्पा १५ बैशाख । तानसेनको टुंडिखेलमा बिहीबारदेखि पाल्पा महोत्सव सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले गर्नुभयो ।कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई तर्साउने गरी अख्तियारको क्षेत्राधिकार बढाउन खोजिएकोप्रति आपत्ति जनाउनुभयो । अहिले कारोना तथा विश्व अर्थतन्त्रका कारण व्यापार व्यवसाय क्षेत्र धरासायी बनेको बताउँदै उहाँले सरकारले निजी क्षेत्रको मर्कालाई बुझेर काम गर्नुपर्नेमा उपाध्यक्ष ढकालले जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारु, राजुप्रसाद श्रेष्ठ, इन्द्रा गहतराज, पूर्व मन्त्री सोमप्रसाद पाण्डेय, पूर्वसांसद यादवबहादुर रायमाझी, लिला सोमैलगायतले व्यापार महोत्सवले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँहरूले मेला तथा महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरण, प्रचारप्रसार गर्न सहयोग पुग्ने विस्वास गर्नुभयो । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू मोहनप्रसाद श्रेष्ठ, उज्वलमान कसजु, केशव भण्डारी, नेपाली कांग्रेस पाल्पाका कार्यबहाक सभापति झपेन्द्र गहिरे, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी पाल्पाका संयोजक राजेन्द्र विश्वकर्मा, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुवरले महोत्सव सफताको शुभकामना दिनुभयो ।
यस्तै नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याललगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईको अध्यक्षता र महासचिव समीरमान सिंहको संचालनमा सम्पन्न भएको हो ।
पाल्पा महोत्सवमा घरेलु तथा साना उद्योग, पाल्पाली ढाका, करुवा, कृषिजन्य बस्तु, विभिन्न कम्पनीलगायतका तीन सय स्टल रहेका छन् । महोत्सवको दश लाखले अवलोकन गर्ने तथा दश करोड बढीको कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार उपसमितिका संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि लोकगायक राजु परियार, हास्य कलाकार पुरूषोत्तम भण्डारी पुर्खे बा, मोहन खड्कालगायतको प्रस्तुती रहनेछ ।
१५ बैशाख २०८०, शुक्रबार
प्रतिक्रिया