देश

गुल्मीको रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान



गुल्मी, १५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा नाइन एन एबिटी कल साइन रहेको जहाजले परीक्षण उडान गरेको हो ।

जहाजका क्याप्टेन मनिस श्रेष्ठले परीक्षण सफल भएको बताए । काठमाडौंबाट यहाँसम्मको दुरी ५० मिनेटको रहेको क्याप्टेन श्रेष्ठले बताए । अब परीक्षण उडानको रिपोर्ट निगमलाई बुझाएपछि नियमित उडानको प्रक्रिया अगाडि बढ्ने श्रेष्ठ बताए ।

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ ।

नगरपालिकाले गरेको सम्झौता अनुसार अब नियमित उडान गर्ने रेसुङ्गा ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय भित्रै हुनसक्ने पन्थीले बताए । विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।

रेसुङ्गा विमानस्थलको धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा ३५ करोड खर्च भइसकेको छ ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६