बुटवल १५ बैशाख । बुटवल–पाल्पा सडक खण्ड अबदेखि रातिमा मात्रै बन्द हुने भएको छ । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेको र यात्रुलाई सास्ती भएपछि रातिमा मात्रै बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख बन्धुप्रसाद बास्तोलाले ग्लोबल आवाजलाई बताए ।‘निर्माण कम्पनीले त्यत्ति तदारुकताका साथ काम पनि नगरेको पाइयो । त्यसकारण बन्दै गर्नु पर्ने अवस्था नभएको पाइयो । यात्रुले सास्ती मात्रै पाएको कामको गति सुस्त रहेकाले हिजोदेखि दिउँसो बाटो खुल्ला गरिएको छ । रातिमा भने ११ देखि ४ बजेसम्म बन्द नै हुन्छ ’–उनले भने ।
राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म साथै राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिइएको थियो ।
प्रतिक्रिया