प्रदेश

नेपाल दलित मुक्ति मोर्चा कपिलवस्तुको अध्यक्षमा मनोज नेपाली



बैशाख १५, कपिलवस्तु । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको दोस्रो कपिलवस्तु जिल्ला सम्मेलन जीतपुरमा सम्पन्न भएको छ । पछिल्लो समय विभिन्न जनवर्गीय संगठन विस्तार तथा गठनलाई तीव्र पारेको माओवादी केन्द्रले शुक्रबार सम्पन्न भेला मार्फत मनोज नेपालीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला स्तरीय नेपाल दलित मुक्ति मोर्चा गठन गरेको हो ।
नेपाली (बाणगंगा)को यो दोस्रो कार्यकालको लागि जिल्ला अध्यक्षको लागि चयन भएका हुन् । सम्मलेन मार्फत मोर्चाको सचिवमा नकूल बिक (शिवराज)लाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा पुष्पा सुनार (शिवराज), चेतमान बिक (बाणगंगा), जुद्ध बिक (बुद्धभूमि), नन्दकिशोर हरिजन (मायादेवी), बिश्वनाथ पासी (यशोधरा), ज्ञानमिला रैदास (कृष्णनगर) र रामगोविन्द चमार (कपिलवस्तु) चयन भएका छन् ।

हाललाई ९ सदस्यीय कमिटि गठन गरिएको भएतापनि पालिका सम्मेलन पश्चात प्रत्येक पालिकाबाट एक,एक जना गरि १० जना, एकजना मनोनित र बाँकी ३ जना चयन गर्ने गरि २३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा जिल्ला कमिटी गठन गरिएको जनाइएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र कपिलवस्तुका संयोजक बिष्णु बेल्बासेले दशबर्षे जनयुद्धले मुलुकमा आमूल परिवर्तन ल्याएको र यसको मुख्य हिस्सेदार दलित समुदाय पनि भएको बताए । राज्य तहबाट दलित समुदायको बिशेष अधिकार संबिधानमा उल्लेख मात्र नभई कार्यान्वयन गर्नुपर्ने भन्दै यसका लागि सम्पुर्ण दलित समुदाय सतर्क हुनुपर्नेमा उनले जोड दिए ।

दलितको मुद्दा उठाउने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएको हुँदा स्थानीय तहदेखि केन्द्र सम्मको सरकार निर्माण र पार्टी संगठनमा बिशेष अधिकार प्राप्त भएको उनले उल्लेख गरे । “यी र यति मात्रले यो समुदायले चित्त बुझाउन सकिने अबस्था रहदैन्, हरेक क्षेत्रमा यो समुदायलाई हेर्ने दृष्टिकोण पनि फरक हुनुपर्छ,” उनले भने,– “त्यसका लागि जागरुकताको अत्यन्तै जरुरत रहन्छ” ।

कार्यक्रमका बिशिष्ट अतिथि दुर्गा बहादुर विश्वकर्माले मुलुकको ६० लाख बढि जनसंख्या ओगटेको यो समुदायले दशबर्षे जनयुद्ध देखि मुलुक परिबर्तनको महत्वपूर्ण कालखण्डमा महत्वपूर्ण साथ रहेको भन्दै पार्टीले जिम्मेवारी दिँदा कुनै विभेद गर्न नहुने बताए । नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचिव तथा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य समेत रहेका विश्वकर्माले दशबर्षे जनयुद्धको पहिलो सहिद यहि समुदायको रहेको उल्लेअ गर्दै मुलुक गणतन्त्र, धर्म निरपेक्षता, संघीयतामा अगाडि बढ्नुमा दलितको भुमिकालाई कसैले बिर्सन नहुने भन्दै अझ सशक्त रुपमा अगाडि बढ्न आग्रह गर्दै साथ र सहयोगको लागि आफु तत्पर रहेको बताए ।

यस्तै, सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय समिति सदस्य नारायण भुषालले दलित समुदायलाई कानुनले संरक्षण गरेको दावी गरे । बर्षौदेखि विभेदको चपेटामा रहेका दलित समुदाय विभेद विरुद्ध खुल्नुपर्नेमा भुषालले जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी लुम्बिनी प्रदेश समितिका सदस्य दोर्ण बहादुर पुन मगर, देवराज अर्याल, चिन्ता परियार, हातिराम बिटालु लगायतले सवै किसिमको विभेदमा परेकाहरुको अभिभावकत्व ग्रहण गर्ने पार्टी माओवादी केन्द्र भएको दावि गरे । उपेक्षामा परेका वर्ग र समुदायलाई राज्यको मुलधारमा ल्याउन माओवादीले महत्वपुर्ण भूमिका खेलेको भन्दै अन्य पार्टीको भ्रममा नपर्न उनीहरुले आग्रह गरे ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६