खेलकुद

नेपालले कुवेतलाई दियो २ सय ८२ रनको लक्ष्य



काठमाडौं, १६ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको सानदार लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय ८१ रन बनाएको हो। ४२ ओभरमा छोट्याइएको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको महत्वपूर्ण योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। छक्का प्रहार गर्दै शतक बनाउने क्रममा उनी क्याच आउट भए।

यसअघि कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए। आरिफ शेख १९, करण केसी ७ र सन्दीप लामिछाने ५ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा पेभेलियन फर्किए। सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा नटआउट रहे।

कुवेतका अदनान इद्रिस र मोहम्मद अस्लामले समान ३र३ विकेट लिँदा यासिन पटेल र सायद मोनिबले एक ÷एक विकेट खसाले । अब केहीबेरमा कुवेतले जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित : १६ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६