खोज–अनुसन्धान

जिल्ला प्रशासनमा मिटर ब्याज पीडित सहायता कक्ष




तौलिहवा १६ वैशाख
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन ९मिटरब्याज० बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निवेदन दिन प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो ।मिटरब्याजबाट पीडित व्यक्तिहरूका लागि आवश्यक निवेदन कार्यालयमा निःशुल्क पाइने र निवेदनको फारम कार्यालयकै कर्मचारीले भरिदिने प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि प्रशासन कार्यालय कपिलवस्तुमा दर्ता हुन आएका मिटरब्याज सम्बन्धी उजुरीका निवेदनहरू सोही मितिमा उपस्थित भई अनलाइनमा निवेदन दर्ता गर्नुपर्नेछ ।”जिल्ला प्रशासन कार्यालयमा २० जनाले मिटरब्याजबाट पीडितहरूले उजुरी दर्ता गराएका छन् ।
जसमध्ये तीनवटा जिल्ला अदालतमा गइसकेको र २ वटाको मेलमिलाप भइसकेको प्रजिअ आचार्यले बताउनुभयो । साथै प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीको अनलाइन फाराम कार्यालयबाट नै भर्दैआएको छ ।

प्रकाशित : १६ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६