पार्वती पाण्डे
कपिलवस्तु १६ वैशाख
निर्वतमान स्वास्थ्य मन्त्री विष्णु पन्थीले औषधी व्यवसायी संघ व्यवस्थित हुनका लागि दर्ता बिना खोलीएका औषधी पसलहरु बन्द गर्नु पर्ने बताउनु भएका छ । नेपाल औषधी व्यवसायीसंघ जिल्ला शाखा कपिलवस्तुको तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशनलाई शनिवार वाणगंगामा समुद्घाटन गर्दै पुर्व मन्त्री पन्थीले यस्तो बताउनु भएको हो । मन्त्री पन्थीले आफुले छोटो समयमै धैरै काम गरेको बताउनु भयो । प्रादेशिक सरुवा रोग अस्पताल चन्द्रौटाको शुरुवाँत गर्ने निर्णय कार्यान्वयन गर्दै शिलान्यास गर्दै निर्माण कार्य शुरु गर्नु,कपिलवस्तु अस्पताल तौलिहवाको स्तरउन्नती गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्नु महत्वपुर्ण उपलब्धि भएको जनाउनु भयो । २०७६ सालमा कपिलवस्तु अस्पताल तौलिहवाले ५० बेडको स्वीकृति पाएको थियो । अस्पतालको सेवा प्रवाह र कार्यसम्पादन उत्कृष्ट रहेको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गर्नुभएको हो ।
एक वर्षदेखि कोभिड कोषमा थन्किएर रहेको रकम मृतक परिवारले नपाउदा समस्यामा परेका थिए । कोभिड कोष संचालक समितिको वैठक वसाली ६ सय ३६ जनाको मृत्यु भएका परिवारले पाउने जनही १ लाख गरी ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताउनु भयो । ।पीडासंगै आर्थिक समस्या झेलिरहेका मृतक परिवारलाई सोे रकमले ठुलो राहत हुने देखिएकाले तत्काल रकम पठाउने निर्णय गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशको आयुर्वेद चिकित्सालय बुटवलको अनुगमन पश्चात् सेवा लिन आउने विरामीको बढ्दो चाप र पूर्वाधारको अवस्था देखेपछि अस्पतालको स्तरउन्नती गर्नुपर्ने आवश्यकता देखिएको थियो । सोही अनुसार लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैयायुक्त अन्तरंग सेवा प्रवाहका लागि स्तरउन्नती गरिएको छ ।कोरोनाको पहिलो संक्रमणदेखि हालसम्म कार्यरत रहेका लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी सिर्जना भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा १९३ जना र राप्ती प्रादेशिक अस्पतालमा ४३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरीएको हो । कोभिडका वेला ठूलो समस्याको रुपमा खड्कीएको जनशक्ति अभाव पूर्ति भएको छ । यो ठूलो सफलता हो ।
स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा अन्तर्गत नवौं तह विषेशज्ञ चिकित्सक तथा नर्सिङ प्रशासकको स्वीकृत दरबन्दीमा रिक्त पदमा अस्थायी करार मार्फत पदपूर्ति नहुँदा चिकित्सकको अभावमा अस्पतालहरुको सेवा प्रभावित भई ढिलासुस्ती हुने, सेवाग्राही मर्का परी स्वास्थ्य सेवामा जटिलता देखिएको थियो । विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने नीतिगत निर्णय गरी लुम्बिनी प्रदेशका अस्पतालहरुको सेवामा सहजता ल्याउनका लागि नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढेको छ ।त्यस्तै कपिलवस्तु अस्पताल तौलिहवा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा सुचारु हुन सकेको थिएन । डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै मेडिकल सामग्री व्यबस्थापन भएको उहाँले जनाउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष डाक्टर धर्मराज भट्राइले संस्थाको प्रगती र आगामी कार्ययोजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। संघका उपाध्यक्ष विक्रम थापाको अध्यक्षता , महासचिव मनिराम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला भरका करिब १ सय ४५ औषधी व्यवसायीहरुको उपस्थिती रहेको छ । संघको अधिवेशनले कपिलवस्तुका पुराना औषधी व्यवसायी मानुल्लाह खाँको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ , जसको उपाध्यक्षमा गोपाल प्रसाद खनाल , महासचिवमा वेदुराम पोख्रेल , सचिवमा महेश रानाभाट , कोषाध्यक्षमा मोतिराज घिमिरे , सहकोषाध्यक्षमा राम गोपाल गोयल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सुशिल भट्राई , मनोज कुमार के.शी. र विक्रम घिमिरे निर्वाचित हुनु भएको छ ।
तस्विरः
१६ बैशाख २०८०, शनिबार
प्रतिक्रिया