खोज–अनुसन्धान

प्रेस चौतारीमा आचार्य र खड्का बने पहिलो अध्यक्ष




सरिता थारु
कपिलवस्तु १६ बैशाख।प्रेस चौतारी नेपाल कपिलवस्तुलेशनिवार एकै साथ बाणगंगा र शिवराज नगरपालिकामा नयाँ शाखा गठन गरेको छ । जस अनुसार बाणगंगा नगर समितिको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सिद्र्धाथ समाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न प्रथम जिल्ला भेलाले आचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै उपाध्यक्षमा दिपिका सुनार, सचिवमा सीता बेल्बासे, कोषाध्यक्षमा पवनराज पाण्डे, सदस्यमा अस्मिता भुसाल, निलम परियार, गिता थापा र निलम खनाल चयन भएको प्रेस चौतारी नेपालले जनाएको छ । नवनिर्वाचित समितीलाई बधाई एवं सफल कार्याकालको शुभकामना व्यक्त गर्दै प्रेस चौतारीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्र्चाज पार्वती पाण्डेले समाजमा रहेका विकृती विसंगतीका विरुद्ध प्रेस चौतारीका सदस्यहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न समेत चौतारीको भुमिका महत्पुर्ण हुने भन्दै समाज रुपान्त्रणमा सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेले वोल्दै प्रेस चौतारी संघिय संरचनामा जाने काम शुरु गरेपनि पत्रकार महासंघ अझै सम्म स्थानीय तहसम्म गठन नभएको वताउनु भयो । चौतारीले महासंघलाई वाटो देखाएको उहाँले औल्याउनु भयो । कार्यक्रममा एमाले कपिलवस्तुका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले पत्रकारमा पेशागत शुद्धिकरण र आचरणमा इमान्दारीता भए धेरै चिज सुध्रिने वताउनु भयो । सो कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य पुर्णचन्द्र परियार, लगाएतले बोल्दै चौतारीले पत्रकारीतसंगै पार्टीको काम र गतिविधी जनसमक्ष पस्किनु पर्नेमा जोड दिनुभयो । प्रेस चौतारी जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको अध्यक्षता, जिल्ला उपसचिव कुलराज भुषालको संचालन र कोषाध्यक्ष गिता अर्याललको स्वागतमा भेला सम्पन्न भएको हो ।


यस्तै शिवराज नगर समितिमा दीपक खड्का चयन हुनुभएको छ । शिवराज नगरपालिका –५, चन्द्रौटामा शनिबार भएको प्रथम भेलाले खड्काको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको जनाइएको छ । जसको उपाध्यक्षमा सचिता गौतम, सचिव अर्जुन बेल्वासे, कोषाध्यक्ष अनुप पन्थी, सदस्य केशव बेल्वासे, रोशन थारु र सरस्वती (सरु) चालिसे लगायत चयन भएका छन । भेलामा प्रेस चौतारी नेपाल प्रदेश सदस्य सरद अधिकारी, जिल्ला अध्यक्ष जानु पाण्डे, नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष गिता पौडेल, सचिव संजिब गहतराज लगायतले नव निर्वाचित चौतारीको समितिलाई बधाईसहित सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
तस्विर ः दुवै राख्ने

प्रकाशित : १६ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६