प्रदेश

वन पैदावार व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा भुसाल



कपिलवस्तु, १७ वैशाख ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुक बहादुर भसाल निर्वाचित भएका छन् । कपिलबस्तुको गोरुसिंगेमा आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन बाट भुसाल अध्यक्षमा चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार शाह, उपाध्यक्षमा मित्रदेव अधिकारि, महासचिव खडक बहादुर कुँवर, सचिवमा टिकाराम विश्वकर्मा, कोषाध्यक्षमा बसन्ता पौडेल त्यस्तै खुल्ला सदस्यमा निरन्जन सिंह सिजापति, अशोक कुमार बढई, योगराज अधिकारि चयन भएका छन्। त्यस्तै वस्तुगत सदस्यमा टेकबहादुर विष्ट र एशोसियट सदस्यमा इश्वोरी कार्की चयन भएका हुन्।

अध्यक्षमा चयन भए लगतै भुसालले नेपाल बन पैदावर उधोग व्यसायि संघ लुम्बिनी प्रदेश समितिको भूमिका र सरकारसंगको सहकार्य बलियो बनाउने बताए ।

प्रकाशित : १७ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६