खेलकुद

नेपाल र यूएईको खेल रोकियो, बाँकी खेल भोलि हुने



काठमाडौँ, १८ वैशाख ।

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

त्यसपछि लगातार वर्षाको कारण खेल पुनः सुरु हुन नसकेपछि बाँकी खेल यहीबाट सुरु हुनेछ। वर्षाको कारण भोलि पनि खेल हुन नसके खेल रद्द हुनेछ। नेपाल एसिया कप पुग्नेछ। त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे।

ललितले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए। ५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए। सन्दीपले आयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौं सफलता दिलाए।

त्यसअघि गुलसन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाइ छैटौँ सफलता दिलाएका थिए। गुलसनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन्।

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६