बझाङ, १८ वैशाख । बझाङमा यार्सागुम्बा टिप्न एक जनाको ज्यान गएको छ ।
सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो ।उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।
१८ बैशाख २०८०, सोमबार
प्रतिक्रिया