प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै



काठमाडौँ, १९ वैशाख। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । अहिले बिना विभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् ।

प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको सङ्ख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६