प्रदेश

लुम्बिनी प्रदेशसभा अगाडि जग्गा फुकुवाको माग गर्दै प्रदर्शन



दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा रोक्का गरिएका जग्गा फुकुवाको माग गर्दै मंगलबार प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको छ । नागरिक जनदबाब तथा संघर्ष समिति गठन गरी स्थानीयहरू प्रदेश सभाको मुख्य गेटमा प्लेकार्ड बोकेर रिले अनशन बसिरहेका छन् ।

राजधानी घोषणा भएसँगै राजधानीका लागि जग्गा अभाव हुनसक्ने भन्दै सरकारले राप्ती क्षेत्रमा जग्गा कारोबारमा रोक लगाएको थियो ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन थालेको मौका पारी मंगलबार नै राप्ती क्षेत्रकास्थानीयहरूले आन्दोलन सुरु गरेका हुन् ।

लामो समय जग्गा रोक्का हुँदा सम्पूर्ण आर्थिक कारोबारमा समस्या भएका कारण उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरू संगठित भएर आन्दोलन गरेको संघर्ष समितिका संयोजक शंकर गौतमले बताए ।

जग्गा रोक्का हुँदा अंशबन्डा, किनबेच गर्न, बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिन नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको उनले बताए । जग्गा फुकुवा नहुँदासम्म आन्दोलन जारी रहने गौतमले जानकारी दिए ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६