अर्थ-वाणिज्य

पत्रकारीतमा शुद्धिकरण प्रेस चौतारीको मूल माग हो :अध्यक्ष बस्नेत

आठौ साधारण सभावाट ८ बुदे कपिलधाम घोषणापत्र जारी



सरिता थारु
कपिलवस्तु १९ बैशाख । पत्रकरीतामा शुद्धिकरण गर्न महासंघले चाहेको भए प्रेस चौतारीको पूर्ण समर्थन रहने अध्यक्ष गणेश बस्नेतले वताउनु भएको छ । उहाले महासंघले सर्कुलर गरे जसरी लागु गरोस हामी दृढता पूर्वका साथमा रहन्छौं भन्नु भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ कपिलबस्तुको ऐतिहासिक धार्मिक स्थल कपिलधाममा आयोजित ८औं साधारण सभाको समुद्घाटन गर्दै यस्तो वताउनु भएको हो । महासचिव हिरामान लामाले बोल्दै प्रेस चौतारीका पत्रकार सैद्धान्तिक र ब्यवहारीक कशीमा उत्कृष्ट हुनु पर्ने औल्याउनु भयो ।समारोहमा एमालेका केन्द्रिय नेता वलराम अधिकारीले वोल्दै ठूला संचार माध्यम यथार्थतामा भन्दा पनि कसैलाई सिध्याउन प्रेरीत रहेको वताउनु भयो । समारोहमा एमालेका केन्द्रिय नेता सिराज अहमद फारुकी ,शुसिल कुमार श्रीावस्तव , जिल्ला अध्यक्ष डम्मर शर्मा चौतारीका केन्द्रिय सदस्य पार्वती पाण्डे , एमालेका प्रदेश नेता झविलाल पोख्रेल ,प्रेस चौतराीका पूर्व केन्द्रिय सदस्य विकास बन्जाडे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


८ बुंदे घोषणा पत्र जारी गर्दै सकिएको प्रेस चौतारी जिल्ला शाखा कपिलबस्तुको ८औं साधारण सभाले नेपाल पत्रकार महासंघ केन्द्रद्धारा थालनी गरिएको सदस्यता शुद्धिकरण अभियान प्रति प्रेस चौतारी जिल्ला शाखा हार्दिक स्वागत गर्दछ र अक्षरस पूर्ण कार्यान्वयनका लागि जोडदार माग गर्दछ भनि उल्लेख गरिएको छ ।यस्तै लुम्बिनी प्रदेश सरकारद्धारा हालै गठन गरिएको सञ्चार समन्यव परिषदका पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ भने , पत्रकार सम्बद्ध श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि यो सभा जोडदार आग्रह गरिएको छ । कपिलधाम लगायतका कपिलवस्तु जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थलहरुको प्रचार प्रसार एवम् प्रवर्धनका निम्ति प्रेस चौतारी नेपालका सदस्यहरु क्रियाशिल रहने र सरोकारवालाको प्रवर्धनका निम्ति ध्यानाकृष्ट समेत गरेको छ । यस्तै पत्रकार भित्र मौलाइ रहेको विकृति, विसंगती र छाडा प्रबृतिको विरुद्ध सम्पुृर्ण श्रमजीवी पत्रकारहरु एक ढिक्का भई सुशासन, जवाफदेही र जिम्मेवार पुर्वक आफनो काम प्रति निष्ठा सहित मर्यादित पत्रकारिताका लागि सवै प्रेस चौतारीसँग आवद्ध पत्रकारहरुको ध्यानाकर्षण गरिएको उल्लेख छ ।


यस्तै राष्ट्रिय सूचना तथा संचार प्रविधी दिवस २०२३ मनाइरहेको सन्दर्भमा सरकारले संचारको क्षेत्रमा पर्याप्त लगानी गरी आम संचारमाध्यमलाई प्रविधी मैत्री बनाउने नीति कार्यक्रम र बजेट ल्याउन जोडदार माग गरेको छ भने सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभिभारा पुरा गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज, संचार क्षेत्र एकताबद्ध भई आर्थिक विकासका आधार तयार गर्न आ आफनो क्षेत्रबाट योगदान गर्न सवैपक्षसंग जारी घोषणा पत्र मार्फत आग्रह गरिएको छ ।
यस्तै कपिलवस्तुको समृद्धि र विकासका लागि संचार क्षेत्रलाई सुदृढ बनाउदै सरकारको सेवा प्रवाहमा सहजता, सरलता र प्रभावकारी बनाउदै सुशासन सहितको दिगो विकासमा जोडदिन सम्पूर्ण सरोकारवालाहरुलाई आवहन गर्दछौं भनी ८ बुंदे घोषणा पत्र जारी गरिएको छ । घोषणा पत्र नेकपा एमाले कपिलबस्तु प्रचार विभाग प्रमुख एवं घोषणा पत्र तयारी समितीका संयोजक लक्ष्मण बेल्बासे प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा जिल्ला अध्यक्ष जानु पाण्डेले १० लाखको अक्षय कोष निर्माण गर्ने प्रतिवद्धताजनाउनु भयो । जिल्लामा गठन गर्न बांकी रहेका ८ वटा पालिकामा संगठन विस्तार गरी पालिका स्तरिय समिती गठन गर्ने, पालिकाहरुमा मिडिया कार्यविधि निर्माणमा पहल र सहजिकरण गर्ने , प्रेस चौतारमिा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिमहरु संचालन गर्ने, प्रेस चौतारीका गतिविधी समावेश गर्दै चौतारी स्मारिका प्रकाशन गर्ने, संगठन सुदृढिकरण र सुदृढिकरणलाई निरन्तरता दिने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर पैरवी गर्ने, प्रेस चौतारीमा आबद्ध श्रमजिवी पत्रकारहरुलाई नेपाल पत्रकार महासघंको सदस्यता दिलाउन पहल गर्ने लगाएतको भावी योजना प्रस्तुत गर्नुभयो ।
यस्तै कार्यक्रममा सांगठनिक प्रतिवेदन जिल्ला सचिव संजिब गहतराजले प्रस्तुत गर्नुभएको थियो । भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिता अर्यालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित समेत गरिएको छ । यस्तै कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो । जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत, सचिव संजिब गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा चौतारीमा आबद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६