कपिलवस्तु, २० वैशाख ।
चेम्बर अफ कमर्स बाणगंगा (बाणगंगा व्यापार संघ) को आयोजनामा वृहत रक्तदान, शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम हुने भएको छ ।
चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तु लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा यहि बैशाख २२ गते बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै सोहि दिन शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बाणगंगा १ वैरीयामा रहेको मायादेवी रिसोर्टमा आयोजना गरिएको अध्यक्ष धनु अधिकारीले जानकारी दिनुभयो ।
विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रममा सम्पुर्ण अतिथिहरु रक्तदाताहरु, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, सहयोगीहरु सम्पुर्णलाई बिहान ठिक ८ बजे उपस्थितीका लागि चेम्बर अफ कमर्स बाणगंगाका महा सचिव शान्तराज गैरेले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया