प्रदेश

गुल्मीः दुई हजार हेक्टर वनमा डढेलो



तम्घास, २० वैशाख । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यो वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्।

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा ७०९ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्। डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ । रासस

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६