खोज–अनुसन्धान

शिक्षकको सरुवा समेत अदालतले रोकिदियो




दाङ २० वैशाख । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।उच्च अदालत तुलसीपुरले बुधवार अन्तरिम आदेश दिँदै घोराही उपमहानगरपालिका शिक्षा समितिले मिति २०७९ चैत ८ गते गरेको शिक्षक सरुवाको निर्णय सुविधा सन्तुलनका दृष्टिले हाल कार्यान्वयन नगरी यथास्थितीमा राख्न उपयुक्त देखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि निवदेकहरुको हकमा कार्यान्वयन नगर्न भनेको हो ।न्यायाधीस द्वय राजुराम सिलवाल र बबिता उप्रेतीको संयुक्त इजलास अन्तरिम आदेश जारी हुने र नहुने गरी राय बाझिए पनि न्यायाधिस राजुराम सिलवालको राय सदर भएको उच्च अदालतको आदेशमा उल्लेख छ ।

न्यायाधिस द्वयको राय बाझिएपछि उच्च अदालत तुल्सीपुरका कायममुकाम मुख्य न्यायाधीस रणबहादुर बागचनको इजलाशबाट घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को ब्यवस्था र २०७६ को नियम ४९ को सरुवा सम्वन्धी ब्यवस्था उल्लेख गर्दै सो आदेश आएको हो ।गत चैत ८ गते घोराही उपमहानगरपालिकाले एक सय एकजना शिक्षकहरुको सरुवा गरेको थियो । उक्त सरुवा सहमति विपरीत गरिएको भन्दै गत चैत १४ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु आन्दोलित छन् । पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्राथमिक शिक्षक तर्क बहादुर बस्नेतले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाको कार्यालय र नगर शिक्षा समितिलाई विपक्षी बनाई उच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६