खोज–अनुसन्धान

नेतृत्वमा महिला बढी इमान्दार र अब्बल देखिएको प्रशासकिय अधिकृत भुसालको दावि




भगवती न्यौपाने
कपिलवस्तु २१ बैशाख । परिवार,समुदाय,समाज हरेक क्षेत्र चलाउन कुशल नेतृत्व आवश्यक पर्ने वाणगंगा नगरपािलकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बनाउनु भएको छ । सञ्चारीका समुह कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा भएको उद्घोषण नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिमाको समापन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाले संघियतामा नेतृत्व कर्तामा पुरुषका तुलनामा महिला बढी इमान्दार र अब्बल देखिएको वताउनु भयो ।
मानिस सफल हुनको लागि पनि नेतृत्व तथा उद्घोषणको कला अति आवश्यक रहेको बताउनु भयो । राज्यको हरेक क्षेत्रमा महिलाको सहभागि रहेको बताउदै स्वशक्तिकरणले चौतर्फी विकास हुने तर्क गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत भुषालले नगरले सिप,विकास नेतृत्व विकास लगायत हरेक क्षेत्रमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वडा नम्बर ११ का कार्यवाहक अध्यक्ष वाजबुल लैन शाहले सहभागिहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै जानेका कुरा समाजमा सिकाउन आग्रह गर्नु भयो । वडा सदस्य सावित्रा विकले हरेक राम्रा काममा नेतृत्व लिन सहभागि महिलाहरुलाई आग्रह गर्नु भयो ।सञ्चारीका समुह जिल्ला शाखा अध्यक्ष पार्वती आचार्यको अध्यक्षता, सञ्चारकर्मि भगवती न्यौपानेले गरेको कार्यक्रममा वडा नम्बर १० र ११ का ४२ महिलाको सहभागित रहेको थियो । तालिममा सञ्चारीका समुह जिल्ला शाखा सदस्य अस्मिता भुषालको सहभागिता रहेको थियो । वडा नम्बर ११को वडा कार्यलयमा सोमबार १८ गतेबाट सुरु भएको तालिम बुधवार २० गते समापन भएको छ । तालिमा कसरी अगाडी आएर बोल्ने ,नेतृत्व कसरी गर्ने असल नेतृत्वमा हुन पर्ने गुण ,असल नेता कस्तालाई भन्ने लगायतको बारेमा सिकाईएको थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६