देश

सुनको भाउ अहिलेसम्मकै उच्च



काठमाण्डाै, २१ वैशाख ।  सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो । आज फेरि त्यो रेकर्ड तोड्दै सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ  छ । अमेरिकामा यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पनि टाट पल्टिएको घोषणा गरिएको थियो ।  

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६