खोज–अनुसन्धान

२ करोड लागतमा निर्मित कपिलवस्तुको पहिलो गल्स कलेजको समुद्घाटन

कक्षा १ देखि स्नातक सम्म पढाई हुने




कपिलवस्तु २२ बैशाख । कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दाहवा चोक नजिकै मुवारक अल उमरी गल्र्स कलेज स्थापना गरिएको छ । मुस्लिम बालिका र किशोरीहरुलाई लक्षित गरी बनाइएको कलेजमा कक्षा १ देखि ग्राजुएसन सम्म पढाई समेत संचालन भई सकेको छ । कलेजमा अनाथ बालिकाहरुलाई समेत राखिएको छ । कुबेतको बसायर च्यारेटीको सहयोग तथा मुबारकअल उमरी गल्स कलेजको र अन नुर च्यारीटेबल सासाईटीको अगुवाईमा २ करोडको लागतका कलेज भवन निर्माण गरिएको हो ।
सोसाईृटीका अध्यक्ष माहोम्मद अगहरले ११ कठ्ठा क्षेत्रमा रहेको भवनमा कुल २४ वटा कोठा रहेको बताए । जसमा बस्ने छात्राबास , क्लास रुम लगायतका छन । यस्तै भवन भित्र एउटा मस्जिद समेत बनाइएको छ । कलेजमा १ सय ७५ बालिका र ५० अनाथ बालिकाहरु पढने गरेका छन । नव निर्मित भवनको लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय र कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले रिबन काटेर संयुक्तरुपमा उदघाटन गरे ।
सो अवसरमा प्रदेश सदस्य पाण्डेयले मुस्लिम बाहुल्यता रहेको कपिलवस्तुमा गल्स कालेज बढदै जानु राम्रो भएको बताए । उनले कलेजमा बालिकाहरुलाई धार्मिक सहीत ब्यवहारिक र आधुनिक शिक्षा समेत दिदा उपयुक्त हुने बताए । यसैगरी मेयर पौडेलले गल्र्स कलेज स्थापनाले कपिलवस्तु नगरपालिकाको शिक्षाको बिकास मद्दत पुग्ने बताए । कार्यक्रममा बसयार च्यारेटीका म्यानेजर अम्माद र सहायक ब्यवस्थाक युसुफ समेत सहभागी थिए ।तस्वीर : फाइल

प्रकाशित : २२ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६