खोज–अनुसन्धान

आज २५६७ औं बुद्ध जयन्ती :संस्कृति मन्त्री भन्छन् प्राचिन कपिलवस्तुको अलग गुरुयोजना बनाइन्छ



कपिलवस्तु २२ बैशाख । आज २५६७ औं बुद्ध जयन्ती लुम्विनीमा विविध कार्यक्रमका सथा मनाइदैछ । औपचारीक कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गर्ने कार्यक्रम छ । सस्कृति मन्त्री सुदन किराती लुम्विनीमै रहेर विभिन्न कार्यक्रम गर्दै आउनु भएको छ। सोही क्रममा कपिलवस्तु आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताउनु भएको छ । बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उहाले बताउनु भयो ।
२५६७ औ बुद्धजयन्तीकालागि लुम्बिनी आएका मन्त्री सुदनले प्राचिन कपिलवस्तुको निग्रोधराम कुदान, गोटहीवा र तिलौराकोटको अवलोन पछि सो कुरा बताउनु भएको हो । ‘ बुहत्तर लुम्बिनी विकासकालागि गुरु योजना निर्माण भईरहेको छ, अब बुद्ध स्थलहरुको चौतर्फी विकास हुन्छ ’ उहाले भन्नु भयो ‘ यस्को विकास अब तीब्र गतिमा जान्छ ’ । सधै लुम्बिनीका कारण आझेलमा पर्ने गरेको प्राचिन कपिलवस्तुका बुद्ध स्थलहरुको विकासमा आफु लागी परेको उहाले औल्याउनु भयो । किरातीले आउने बर्ष देखि प्राचिन कपिलवस्तुमा भब्यरुपमा बुद्धजयन्ती मनाईने स्पष्ट पार्नु भयो ।
मन्त्री किरातीले अब बुद्ध स्थलको बिकासमा ढिलाई गर्न नहुने तर्क गर्नु भयो । उहाले तिलौराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गराउन मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनु भयो । मन्त्री किरातीलाई लुम्बिनी विकास कोषका सुचना अधिकरी हरिद्धवज राई र ज्ञानीन राईले बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमी, अवस्था, उत्खनन आगामी योजना लगायतका विषयमा जानकारी गराउनु भएको थियो । राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक आएको स्थलकारुपमा निग्रोधरामलाई मानिन्छ ।
यस्तै चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि यही ठाउमा राजा शुद्धोदनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ ।यहां बुद्धकालीन सो विहारका भग्नाअवशेषहरु रहेका छन् । यसै स्थानमा गौतम बुद्धका छोरा राहुललाई पनि उनले भिक्षु बनाएका थिए । यो क्षेत्रलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ । यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ । २० औ राज्यभिषेकका अवसरमा सम्राट अशोकले गाटीहवामा क्रकुछन्द बुद्धको जन्म स्थल भएका भन्दै स्तम्भ खडा गरेका थिए । १ हजार ७ सय ८० वर्ष अघि गोटिहवा अस्तित्वमा थियो । तिलौराकोट राजा सुद्धोदनको राज प्रसाद तथा सिद्धार्थ गौतम बुद्धको क्रिडा स्थलकारुपमा रहेको छ । तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित स्थल हो ।

प्रकाशित : २२ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६