कपिलवस्तु २४ वैशाख,।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।नपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए
२४ बैशाख २०८०, आइतबार
प्रतिक्रिया