अर्थ-वाणिज्य

दर्ता नभएका औषधी पसललाई २ बिकल्प दिन्छौं : अध्यक्ष खाँ




कपिलवस्तु २६ वैशाख।औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष मानुल्लाह खाँले दर्ता नभएका औषधी पसललाई २ बिकल्प दिइने वताउनु भएकोछ । पहिलो दर्ता गर्न लगाउने र दोश्रो दर्ता गरेर चलाउन नचाहानेलाइ बन्द गराउने उहाले स्षष्ट पार्नु भयो । उहाले औषधी व्यवसायीहरुलाई व्यवस्थित गर्ने बताउनु भएको छ । संस्थागत विकास र व्यवसायीहरुको हकहितको लागि काम गर्ने उहाँले बताउनु भयो । केहि दिन अगाडि मात्र संघको अध्यक्षमा निर्वाचित हुनु भएका खाँले जिल्लामा दर्ता नभएका औषधी व्यवसायीहरुलाई दर्ता प्रक्रियामा ल्याउने बताउनु भएको छ ।
दर्ता नगरिकन सञ्चालनमा आएका औषधी व्यवसायीहरुलाई दर्ता गर्न आग्रह गर्ने र आग्रह गर्दा पनि अटेर गर्नेहरुलाई कानुन अनुसार कारवाहि गर्ने बताउनु भएको छ । अबको एक वर्षमा केहि नयाँ काम गर्ने योजनामा छु , उहाँले भन्नु भयो । सबैको सुझाव सल्लाह अनुसार काम गर्ने उहाँको भनाई छ । संस्थागत विकासका लागि काम अगाडि बढाई सकेको बताउदै अध्यक्ष खाँले वार्षिक कार्ययोजना अनुसार संस्थाको सुविधा सम्पन्न भवन बनाउने बताउनु भयो । कपिलवस्तु नगरपालिका भित्रै भवनको लागि जमिन खोजेको स्पष्ट पार्नु भयो । २०३० सालमा स्थापना भएको संघमा करिब १५० व्यवसायी आवद्ध रहेका छन ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६