खोज–अनुसन्धान

कपिलवस्तु प्रशासनको जनमुखी काम: राहदानीको सेवा बिहान ७ बजे देखि सूचारु




कपिलवस्तु २९ वैशाख ।राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेलका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म र दोस्रो सिफ्ट ११बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालयभित्र मिलाएको आचार्यले बताए ।विगतमा सेवाग्राही स्वयमले बिचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र १५ सय रुपैयाँदेखि ५ हजारसम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्रै स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए । यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुपर्ने झन्झट समेत कम हुने विश्वास छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६