प्रदेश

सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै, अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न



लुम्बिनी, ३० वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट २०२३ सम्पन्न भएको छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्ट सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणापत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कनेक्टिभिटी प्रवर्द्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवर्द्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ।

घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइँ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताउनुभयो ।

मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्लादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल टुर कम्पनीको सहभागिता थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रकाशित : ३० बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६