कपिलवस्तु ३१ बैशाख। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले जेठ १ गतेका दिन संगठनको ३४ औं स्थापना दिवसको अवसरमा रचनात्मक काम गर्ने भएको छ । चार नम्बर जितपुर स्थित पार्टी नगर कमिटीको कार्यालयमा बसेको बैठकले संगठनको ३४ औं स्थापना दिवस रचनात्मक र सृजनशील कार्य गरि मनाउने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष कमल क्षेत्रीले जानकारी दिनुभयो ।बैठकले स्थापना दिवसको अवसरमा यात्रुहरुलाई सहज यात्राका लागि महेन्द्र राजमार्गमा आपत्कालिन नम्बरहरु राखि सुचनामुलक होर्डिङबोर्ड राख्ने तथा सार्वजनिक स्थलमा चार्जिङ स्टेशन जडान गर्ने निर्णय गरेको हो । राजमार्गमा एम्बुलेन्स, अस्पताल, ग्यारेज, होटल, पेट्रोल पम्प लगायतको अत्यावश्यक सम्पर्क नम्बर राख्ने र विभिन्न सार्वजनिक स्थलमा सेवाग्राहीलाई मध्यनजर गरि मोवाईल चार्ज स्टेशन जडान गरिने भएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सफल बनाउनका लागि जेठ १ गते बिहान ७ बजे सम्पुर्णलाई आह्वान गर्नुभएको छ ।त्यस्तै बैठकले राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित विजय कुंवर, धन कुमारी अधिकारी (धनु), राम नयन यादव (श्याम) लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले जिल्लाका पालिका कमिटी अधिवेशन तथा पुर्नगठन, संगठनको मिसन ग्रासरुटको सुरुवातका लागि जिल्ला कमिटीको पुर्ण बैठकबाट मात्र आवश्यक निर्णय गरिने बताउनुभएकोछ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य धन कुमारी अधिकारी (धनु) ले पार्टीको बलियो जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाले जिल्लाका सबै पालिका कमिटी वडा कमिटीलाई चुस्त दु्रस्त राख्न आवश्यक भएको बताउदै संगठनको स्थापना दिवस को अवसरमा समाजमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्ने योजना बनाएकोमा जिल्ला कमिटीलाई धन्यवाद दिनुभयो ।बैठकमा प्रदेश कमिटी सदस्य पंकज पाण्डे, अस्मिता चुंदाली, जिल्ला कमिटी सचिव दिपेन्द्र महरा, जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र नंं. १ (१) संयोजक दिपक जि.सी.लगायतको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।
प्रतिक्रिया