बुटवल ३१ बैशाख। । दलित महिला पत्रकारको साहसिक मेचि-महाकालीको साइकल यात्रीलाई प्रेस चौतारी नवलपरासीले सम्मान गरेको छ । सबै खाले विभेदको अन्यको माग गर्दै चुनौतिपुर्ण यात्राको सफलता पछि तिन महिला साईकल यात्री नेपाल पत्रकार महासंघ नवलपरासी शाखाकि सदस्य ईन्दिरा विश्वकर्मा, दलित प्रत्रकारसंघको केन्द्रिय सचिव रिता विश्वकर्मा र संगिता नेपाली लाई सम्मान गरिएको छ ।
प्रेस चौतारी नवलपरासीको वार्षिक साधारण सभाको अवसरमा उक्त सम्मान गरिएको हो । सम्मान गहण गर्दे राष्ट्रिय दलित प्रत्रकारसंघको केन्द्रिय सचिव विश्वक्रमाले यात्रा गरिरहदा आएको चुनौति र सफल्ताको बारेमा बोल्दै यात्रा एउटा रिपोटिङ्गको रुपमा मात्र सम्पन्न गरिएको बताए । तर विभेद, कुरीति विसङ्गगति अन्त्य नभएको अझ संघर्ष गर्न बाकिरहेको बताए । यसको लागि समाजको ऐनाको रुपमा रहेको हामि पत्रकारनै जागरुक हुुनुपर्ने साथै महिला माथि अझ विभेद रहेको यसको अन्त्यकोलागि एक जुट भै विभेद, विरुद्ध कलम चलाउन आवश्यक रहेको बताए ।प्रेस चौतारी पश्चिम नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा तथा प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज प्रदिप आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको साधारण सभामा बोल्दै ईन्चार्ज आचार्यले संचार क्षेत्रको दिगो विकासको लागि संगठनमा एकढिक्का भएर लाग्नु पर्ने साथै पत्रकार स्वालम्बि र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
यस्तै नेकपा एमाले जिल्ला कमिटि नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारी प्रेस चौतारी नवलपरासीका ईन्चार्ज तथा केन्द्रिय सदस्य दिपु पोखरेल, लुम्बिनी प्रदेश सचिव वेनिमाधव बस्याल, पुर्व अध्यक्ष उमानाथ पोखरेल, उपाध्यक्ष गौरीशंकर जयसवाल लगाएतले बोल्दै पत्रकारीता पेशा मर्यादित हुनुपर्ने, पत्रकारको शुद्धिकरण भन्दा पनि शसक्तिकरणको आवश्यकता रहेको बताए । चौतारीको साधारण सभामा सांगठनिक प्रतिवेदन विकास अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव घिमिरेले प्रस्तुत गरे । साथै ७ बुँदे घोषणा पत्र जारी गर्दे साधारण सभा सम्पन्न गरिएको छ ।








प्रतिक्रिया