अन्तर्राष्ट्रिय

सीमाक्षेत्रमा बसेर नेपाल र भारतका नक्कली नोट छाप्ने गिरोह पक्राउ




बाँके ३१ बैशाख । नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो।
रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनुभएको जानकारी अनुसार रुपैडिहानजिकै नक्कली रुपियाँ छाप्ने र बिव्रmीवितरण गर्ने सूचनाका आधारमा बहराइच एटिएस र रुपैडिहा प्रहरीले संयुक्त रूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो। उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र पाँच हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, ल्यापटप, प्रिन्टर र कैँची बरामद गरिएको बताउनुभयो।
पक्राउ परेकामा लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ। बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशान्त वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराइच कारागारमा पठाइएको बताउनुभयो।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६