अन्तर्राष्ट्रिय

कर्णाटकवाट कांग्रेसआईको पुनरोदय : मोदीलाई लाग्यो गंभिर धक्का




भारत ३१ बैशाख । भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो अन्तरले पछि पारेको छ । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले बहुमतको आकडा पार गरेको बीबीसी हिन्दीले जनाएको छ । अहिले कांग्रेस एक सय ३० र भाजपा ६६ सिटमा अगाडि रहेको छ ।जनता दल सेकुलर (जेडीएस) २० सिटमा अघि छ ।निकै तीव्र चुनावी अभियानपछि कर्नाटकमा मे १० मा दुई सय २४ सिटका लागि चुनाव भएको थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार यसपटक प्रदेशमा ७३ दशमलव १९ प्रतिशत मतदान भएको छ । जुन प्रदेशकै रेकर्ड हो ।कर्नाटकको चुनावी नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि निकै महत्त्वपूर्ण मानिन्छ ।
यस पटक चुनावी प्रचारका लागि मोदी २० पटक कर्नाटक पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।कर्नाटकमा कांग्रेसले बहुमत ल्याउँदा भारतमा अर्को वर्ष हुने नयाँ प्रधानमन्त्रीको चुनावमा नरेन्द्र मोदीलाई पछि पार्दै राहुल गान्धी निर्वाचित हुने सम्भावना धेरै रहने पनि बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६