कपिलवस्तु ३१ बैशाख ।वाणगगां नगरपालिकाको १२ औँ कार्यपालिका बैठक आइतबार बसेको छ । वाणगगां नगरपालिकाको १२औँ कार्यपालिका बैठकमा आर्थिक वर्ष २०८०।८१को निति कार्यक्रम बजेटको स्वकृत गरी नगर प्रमुख चक्रपाणि अर्यालको सयाेंजकत्वमा पाच जना सदस्यको समिती गठन गरेको छ । जसले विविध पक्षहरुबारेमा सुसूचित गराउने, योजनाकोे बारेमा आम नागरिक एवम् सरोकारवालाहरुलाई जानकारीको माध्यमबाट उत्प्रेरित गराउने र हालसम्मको प्रगतिको स्थिति बारेमा गहन अध्यन गर्ने आगिमी दिनमा तेसै अनुसार काम गर्ने निर्णय गरेको छ ।
यस्तै असार २ गते निति कार्यक्रम नगर सभामा पास गर्ने निर्णय गरेको छ । असार ८ गते बजेट पेस गर्ने निर्णय सर्वेसहमत पारित भएको नगर प्रवक्क्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।साथै लुम्विनि साप्ताहिकमा प्रकासित वडा नं ७ विकास निर्माणमा प्रथम शिर्षकको समाचार बास्तविकता विहिन रहेको भन्दै ध्यान आर्कषण गराउदै अरु सन्चार माध्यमलाई पनि नगरका गतिविथि नगर प्रमुख वा नगर प्रवक्क्ताले जानकारी नगराए सम्म आधिकारिक नहुने उहाले बताउनु भयो ।
नगरले ल्याएका योजनालाई छिटो छरितोरुपमा लैजाने नगरउपप्रमुख रिता कुमारी थारुले बताउनु भयो । नगर सभामा प्रशासकिय अभिकृत खिमान्द भुसाल लगायत नगरका सम्पुर्ण शाखाका व्यक्तिहरु सहभागि रहेको उहाले बताउनु भयो ।
प्रतिक्रिया