देश

सांसदबाट पनि निलम्बित भए टोपबहादुर रायमाझी




काठमाण्डौं, ०१ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन्।
सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए।

प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट पनि निलम्बनमा परेका हुन्।

यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानमा सघाउ पुगोस् भनेर सचिवबाट निलम्बन गरेको एमालेले बताएको थियो।

प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन्। टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६