अर्थ-वाणिज्य

कपिलवस्तु नगरका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु




हरि घिमिरे कपिलवस्तु १ जेठ। कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिदालयमा निःशुल्क शिक्षा लागु गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० देखि नै नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको हो । चालु आर्थिक बर्ष भित्र नगरले नीति तथा कार्यक्रममा पारित गरी बजेट समेट छुट्टाएर निःशुल्क शिक्षा लागु गरेको हो । नगर पालिकाका मेयर सुदीप पौडेलले चालु आर्थिक बर्ष भित्र नै नगरका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरिएको बताए।
यो कार्यक्रम लागु भएसंगे अब नगर भित्रका कुनै पनि सामुदायिक बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने उनले बताए । ‘ अब देखि नगर भित्रका सबै सामुदयिक बिद्यालयमा निःशुल्क पठनपाठन हुनेछ ’ उनले भने । बिद्यायले भर्ना, परिक्षा शुल्क, बिबिध लगायत कुनै पनि शीर्षकमा अब देखि शुल्न लिन पाउने छैनन । ‘ कुनै बिद्यालयले शुल्क लिएको थाहा पाइए कारबाही गछौ ’ उनले भने । निःशुल्क शिक्षा कार्यक्रम लागु गर्न नगरपालिकाले सामुदायिक बिद्यालयको अवस्था बारे अध्ययन समेत गरेको नगरपालिका शिक्षा इकाईका उप सचिव हरि प्रसाद ज्ञवालीले बताए । बिद्यालयले एक बर्ष सम्म लाग्ने खर्चको बिवरण समेत नगरपालिकामा उपलब्ध गराएको उनले बताए । सोही बिवरणका आधारमा निःशुल्क शिक्षा कार्यक्रम लागु गर्न ५२ बिद्यालयलाई ८२ लाख ५० अनदान समेत दिइएको ज्ञवालीले बताए
यस्तै भौतिक पुर्वाधार तथा मर्मत तर्फ १ करोड ३८ लाख निकाशा दिने तयारी गरिएको नगर शिक्षा शााखाका अधिकृत युवराज भुसालले बताए । निःशुल्क र अनिवार्य शिक्षाकै सन्दर्भमा नगरपालिकाले स्थानीय पाठ्यक्रम समेत निर्माण गर्ने तयारी गरेको उनले बताए । निशुल्क शिक्षा कै सन्दर्भमा नगर भित्र ६६ जना स्वयमसेवक शिक्षक समेत राखिएको र उनीहरुकालागि १ करोड ४४ लाख ६१ हजार समेत खर्च गर्ने गरिएको उनले बताए । शिक्षा कै सन्दर्भमा नगरले बार्षिक साढे ६ करोड जति लगानी गर्ने गरेको प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए । अनिवार्य तथा निल्ःशुल्क शिक्षा ऐन २०७५ अनुसार नै नगरपालिका अघि बढेको उनले बताए । बिद्यालय बाहिर रहेको केही बालबालिकालाई समेत बिद्यालयको पहुचमा ल्याई नगर भित्र अनिवार्य शिक्षा समेत लागु गर्ने तयारी गरिएको उनले बताए ।
उता नगर भित्र रहेको सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षाकालागि नगर भित्रका सबै सामुदायिक बिद्यालयमा पिटी प्रार्थना कार्यक्रम समेत लागु भईसकेको छ । तौलिहवा स्थि बुद्धपदम माबिका प्रअ बावुराम भन्डारीले नगरपालिकाले बिगतको तुलनामा अहिले लगानी बढाउदै गएको बताए । उनले सबैको साझा प्रयासले सामुदायिक बिद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षालाइ प्रभावकारी बनाउदै लानु पर्ने बताए । यस अघि शिवराज नगरपालिकाले समेत निःशुल्क र अनिवार्य शिक्षा लागु गरेको छ । बुद्धभुमीले समेत लागु् गर्ने तयारीमा छ ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६