खोज–अनुसन्धान

उद्योगी व्यवसायीका सुझाब अनुसारको बजेट ल्याएमा अर्थतन्त्र महिना मै सुध्रिन्छ : अध्यक्ष ढकाल




बुटवल १ जेठ ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योगी व्यवसायीहरुले दिएका सुझाब अनुसाको बजेट ल्याएमा केही महिना भित्र नै देशको अर्थतन्त्र सुध्रीने बताएका छन् । देशमा खस्कीदै गईरहेको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग बाणिज्य महासंघले सरकार र अर्थमन्त्रालयलाई यसअघि दिएका सुझाब कार्यान्वयन गरि बजेट ल्याउनु अपरिहार्य रहेको बताए ।बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आयोजना गरेको २९ औं परिषद सभालाई सम्बोधन गर्दै ढकालले नेपालमा आएको आर्थिक क्राईसिसको कुने एकपक्ष मात्रै जिम्मेवार नरहेको बताउँदै यसको लागि सरकारले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
भारतीय सिमा नजिकै रहेकोले समस्याहरु भएको थाहा पाउँदा नरमाईलो लागेको बताउँदै उनले नजिक सिमाको फाईदा व्यवासयीहरुले उठाएर आम्दानी बढाउनुपर्ने बताए । बुटवल तथा रुपन्देही क्षेत्र बिभिन्न संभावना बोकेको क्षेत्र रहेको बताउदै आफु पनि केबुलकारबाट यस क्षेत्रमा व्यवसाय मार्फत संलग्न हुने खोजेको बताए । उनले आफु अध्यक्ष भएपनि बिभिन्न कार्यहरु गरिरहेको बताउँदै केही सकारात्मक परिणामहरु आईसकेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक अवस्था सुधार गर्नेगरि कार्यक्रमहरु संघीय सरकारले नै ल्याउनुपर्ने बताए ।
उनले कुनै एउटा क्षेत्रको मात्रै भन्दा पनि देशकै आर्थिक अवस्था निकै कमजोर भएको बताउँदै यसका लागि उद्योगी व्यवसायीहरुले पहिलेनै सुझाब दिएको बताउँदै त्यसलाई नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई लुम्बिनी प्रदेशको राजधानी सर्दा केही घाटा लागेपनि त्यसको परिपूर्ती हुनेखालका कामहरु भईरहेको बताए । उनले बाहिर समस्याहरुमात्रै सुनाउनु भन्दा समाधानका उपायहरु लिएर उपमहानगर आएमा समस्या समाधान हुने बताउँदै निजी क्षेत्रसंग नगर सरकार सधै साथमा रहेको बताए ।
उपमहानगरले आर्थिक मन्दीलाई ध्यानमा राखेर खर्च कटौती गरेको बताउँदै आफुहरु आफ्नो ब्यक्तिगत भन्दापनि जनताका काममा दिनरात खटेको बताए । उनले ज्योती नगर पहिरो, आर्थिक चलायमान कम भएको बुटवलको बजार कसरी बचाउने र छाडा चौपाया मुख्य समस्या देखिएको बताउँदै यसको व्यवस्थापनको कामहरुपनि भईरहेको बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य उज्ज्वलप्रसाद कसजूले पछिल्लो समय बुटवलमा आर्थिक चलायमान केही कम भएपनि यसलाई बढाउनको लागि बिभिन्न पहलहरु भईरहेको बताए । उनले घरभाडा घटाउने तथा कर पनि घटाउने सम्बन्धमा छलफल भईरहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा ,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल ,अर्जुनमान सैजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्ण पाण्डे वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले बोलेका थिए ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६