अर्थ-वाणिज्य

शिवराजमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु




चतु्रभुज पाण्डे
कपिलवस्तु १ जेठ । शिवराज नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम लागु गरेको छ । हाम्रो शिवराज नामक पाठ्यक्रम यस शैक्षिक सत्र देखि पुर्ण रुपमा लागु गरेको छ । हाम्रो शिवराज नामक स्थानीय पाठ्यक्रममा ६ वटा विषयबस्तु समावेश गरिएका छन् । समावेश गरिएका ६ वटा विषयबस्तुमा हाम्रो शिवराज , स्थानीय पेशा व्यवसाय प्रविधी, बुद्ध र बौद्ध शिक्षा, म र मेरो भविष्य, स्थानीय संरचना र संस्था, स्वस्थ जिवन र सुरक्षित वातावरण रहेका छन् । पाठ्यक्रम १०० पुर्णंकको रहेको छ ।
पुर्ण बहादुर विश्वकर्माको संयोजकत्वमा गठित पाठ्यक्रम निर्धारण समितीमा गुणखर गैरे, चतुरभुज पाण्डे, पोमनारायण पौडेल, हेमराज शर्मा, कृष्ण रावल, विक्रम के.सी र सिताराम चौधरी रहनुभएको थियो । यो पाठ्यक्रम शोधमुलक रहेको छ । विद्यार्थीहरुले आफ्नो क्षेत्रका विषयबस्तुहरु शोधखोज गरि अध्ययन गर्ने र शिक्षकले शिक्षण सहायक पुस्तिकाका आधारमा अनुसन्धानमुलक शिक्षा प्रदान गरि स्थानीय विषयबस्तुको बारेमा अध्ययन अध्यापन गराउने प्रणाली अुनसार कार्यक्रम अगाडी बढ्ने छ ।
पाठ्यक्रम निर्माण पछि शिक्षकहरुलाई तालिम कार्यक्रम पनि सम्पन्न गरिसकिएको छ । तालिममा हाम्रो शिवराजमा कमल पौडेल र हेमराज शर्मा, स्थानीय पेशा व्यवसाय प्रविधीमा विक्रम के.सी र सिताराम चौधरीले प्रशिक्षण दिनुभएको थियो । यस्तै बुद्ध र बौद्ध शिक्षामा गुणाखर गैरे चतु्रभुज पाण्डे, म र मेरो भविष्यमा कृष्ण रावल र अमर विक, स्थानीय संरचना र संस्थामा लक्ष्मी कंडेल र संजिव गहतराज यस्तै स्वस्थ जिवन र सुरक्षित वातावरणमा अनिल काफ्ले र यज्ञमुर्ति घिमिरेले प्रशिक्षण दिनु्भएको थियो । समयथान बहु्मुखि क्याम्पसमा ६ दिन सम्म संचालन भएको तालिममा सामुदायिक र निजी विद्यालयका गरि १ सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६