दैलेख २ जेठ । दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले जानकारी दिनुभयो ।
उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्याइएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा। धर्मराज रेग्मीले जानकारी दिनुभएको छ ।
२ जेष्ठ २०८०, मंगलबार
प्रतिक्रिया