जीवनशैली

मदनसंग म : शंकर पोखरेलको एक जिवन्त स्मरण




कपिलवस्तु ३जेठ ।पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो। महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए। महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो। विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसंग राखेको थिए। भरतमोहन कमरेडले त्यसमा सहमती जनाउदै मदनसंग कुरागर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो।
म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो। उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो। अनि उहाँले तपाई आफैले लेख्नुहोस्। वरु प्रकाशन गर्नुपूर्व मलाई देखाउनुहोस् भन्नु भयो। मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए। उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली वेजोड थियो।
सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसंगको अर्को प्रसंग पनि वढो रोचक छ। महाधिवेशनमा जनताको वहुदलिय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो। पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज वन्न पुगेको थियो। पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका वेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन।

पूर्वको विराटनगर देखि खुला वहस आरम्भ गरिएको थियो। चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो। चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ। मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो। उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई वोल्ने लगाइएको थियो। सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो।
पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलिय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो। पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो। जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त वन्न पुगेकोछ। सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्तगर्न भएको त्यसप्रकारको कठिनाई भएको संझदा अनौठो अनुभूती हुन्छ।आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस। स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६