कपिलवस्तु ४ जेठ ।अनेमसंघ जिल्ला कमिटि कपिलवस्तुको पुर्ण वैठक जितपुर ४ नंमा बसेको छ । वैठकलले संघको उपाध्यक्षमा रहनु भएकी शान्ता पाण्डेलाई संघको अध्यक्षमा सर्वसम्मत निर्णय गरेको छ । संघका अध्यक्ष चेतना अधिकारी १ वर्षका लागि विदा लिई विदेश गएकोले उक्त पदमा पाण्डेलाई अध्यक्षमा निर्णय गरिएको हो। वैठकले हाल सम्म संघले गरेका गतिविधिहरुको समिक्षा गर्दै आगामी दिनमा संगठनलाई थप मजवुद पार्ने निर्णय गरेको छ ।
त्यसै गरि केहि दिन अगाडि संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका शारदा शर्मा , शान्ति हरिजन , रीता कुमारी चौधरीलाई सम्मान गरेको छ । साथै सुशिला दर्लामी जिफन्ट स्वास्थ्य स्वयंम सेवीकाको केन्द्रीय सदस्य , धनु अधिकारी युवासंघको केन्द्रीय सदस्य र रुकैया खातुन मुस्लिम इत्तेहास संगठनको केन्द्रीय सदस्य भएकोमा सम्मान गरेको छ । वैठकलाई सम्बोधन गर्दै पाटी उपसचिव सुशिला दर्लामीले संगठनले अन्य संगठनले भन्दा पृथक काम गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया