ब्रेकिंग न्युज

श्रमजीवि पेशाकर्मीले काम गरेर पनि तलव नपाउने अबस्था नेपालमा पहिलो पटक आयो : भट्टराई




सीता बेल्बासे
कपिलवस्तु ५ बैशाख ।श्रमजीवि पेशाकर्मीले काम गरेर पनि तलव नपाउने अबस्था नेपालमा पहिलो पटक आएको भन्दै पेसाकर्मीहरु माथि आइपरेको असहज परिस्थितिमा राहत पु¥याउन सरकार लाग्नु नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्म राज भट्टराईले वताउनु भएकोछ । पेसागत महासङ्घ कपिलवस्तु वाणगगां नगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै शुक्रबार उक्त कुरा बताउनु भयो । निजामती कर्मचारी, शिक्षक, बैङ्क कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारी लगायत अनेकौँ श्रमिक पेसाकर्मीहरुले आ–आफ्ना समस्या तथा मागहरु सरकार÷व्यवस्थापन समक्ष राखेपनि तर ति मागहरु उपर कुनै संवोधन नभएको बताउनु भयो ।

यस्तै पेसागत महासङ्घ जिल्ला सदस्य वाबुराम भट्टराइ, नेकपा एमाले वाणगगां नगर कमिटी अध्यक्ष युवराज पोख्ररेलले पेसाकर्मीहरु एक जुट भइ आफनो पेसामा कठिबद्ध रहेर सम्पूर्ण पेसाकर्मीहरुलाई सुरक्षित रहन र सरकारद्वारा जारी निर्देशनको पालना गरी पेसाकर्मीहरु माथि आइपरेको असहज परिस्थितिमा आवज उढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नगरका पेसाकर्मीहरुको हक हितका पक्षमा जुझारु महासङ्घको रुपमा आफ्ना गतिविधिलाई नेतृत्व गर्दै आएको बताएका थिए ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६