प्रदेश

भैरहवा भन्सार कार्यालयको राजस्व ३७ प्रतिशत गिरावट



बुटवल, ०६ जेठ ।
भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व सङ्कलन गरेकोमा यस वर्ष ६२ अर्ब ३४ करोड ४ लाख ६५ हजार मात्रै राजस्व उठेको छ ।

यस्तै निर्यात मूल्यमा २१ प्रतिशतले कमी आउँदा आयात मूल्यमा भने ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यहीँबाट २ खर्ब ५ अर्ब ५१ करोड ९३ लाख ३१ हजार मूल्य बराबरको सामान आयात भएकोमा अहिले १ खर्व २७ अर्ब ५७ करोड ६३ लाख ५३ हजारको आयात भएको छ । निर्यात भने ३२ प्रतिशतले बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको निर्यात भएकोमा यस वर्ष बढेर ९ अर्ब ८३ करोड ९१ लाख ७९ हजार मूल्य बराबरको समान निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछाने रातोपाटीलाई बताए । देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको पोहोरको तुलनामा यसपालि मालसामानको आयात घटे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटामा खासै सुधार हुन सकेको छैन । आयातको तुलनामा निर्यात नगन्य छ ।

भैरहवा स्थित बेलिहिया नाकाबाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन,इन्धन र खाद्यान्न तथा तरकारी,फलफूलको आयात उच्च रहेको छ । चुलिँदो व्यापार घाटाको मुख्य कारण आयातमुखी अर्थतन्त्र भएको अर्थशास्त्रका जनाकार तथा प्राध्यापक माधव कुमार पौडेलले बताए । भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भैरहवा नाकाबाट आयातको तुलनामा निर्यात कम रहेको गत वर्षको तुलनामा यो वर्ष निर्यात प्रतिशतमा बढे पनि आयातको तुलनामा निर्यात कम रहेको बताए । उनले जसले गर्दा व्यापार घाटा उल्लेख्य रहेको बताए। यसअघि सरकारले विलासिताका बस्तुमा अनिवार्य एलसी खोल्नु पर्ने र केहीमा मार्जिन बढाउँदा आयात उल्लेख्य घटेको हो ।

यो वर्ष सवारी साधन, पेट्रोलियम पदार्थ तथा विलासीताका केही सामानको आयात घटेको छ । तर खाद्यान्न लगायतका स्वदेशमै उत्पादनको सम्भावना बोकेका कृषिजन्य बस्तुको आयात घटेको नसक्दा देशको आर्थिक अवस्था थप चिन्तामा पुराएको बुटवल उद्योग वाणिज्य सङ्घ अध्यक्ष उज्जव कसजुले बताए ।

उनले अर्थतन्त्रलाई सुधार गर्न उत्पादनमुखी नीति लिनु पर्ने र कृषि उत्पादन बढाउन विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिँदै यहाँबाट नियार्त हुने बस्तुको उत्पादन नै घटेको बताए । यो भन्सार नाकाबाट खासगरी विगतमा चामल,तोरी निर्यात हुन्थ्यो तर पछिल्ला वर्षमा त्यसको आयत उच्च रहेको देखिन्छ ।

प्रकाशित : ६ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६