प्रदेश

शिवराजमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन, नगरप्रमुखको छड्के



कपिलवस्तु, ०७ जेठ। शिवराज नगरपालिकामा छड्के अनुगमन क्रममा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको पाइएको छ। नगरप्रमुख अजय थापाले आइतबार अनुगमनको क्रममा वडा न ९ रमुवादह स्थित भक्रामखोलामा अबैध रुपमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला पारेका हुन्।

लु १ क ३३५३ नम्बर र लु १ क ४७७८ को जेसिबीले अबैध रुपमा ढुङ्गा बालुवा उतखनन् गरेको अवस्थामा भेटीएको नगर प्रमुख थापाले बताए । भक्रम खोलाबाट ढुंगा, गिटीको चोरी निकासी र नदी किनारमा अवैध उत्खनन भएको जनगुनासोपछि उनले छड्के अनुगमन गरेका हुन् ।

शिवराज नगरपालिकाले गत मंसिरदेखी खोलाबाट ढुंगा, गिटी र बालुवा निकासी खुला गरेको थियो । खोलाबाट हुने ढुंगा र गिटीको अबैध चोरी निकासी भए नभएबारे बुझ्न अनुगमन गरिएको नगरप्रमुख थापाले बताए । भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरेरनतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भएरनभएबारे अनुगमन गरिएको बताए ।

२०७९ महिना मंसिर २७ गते पालिकाले सूचना प्रकाशित गरि पच्चिस लाख एकाउन्न हजार एक सय एकाउन्नमा मुल्य अभिवृद्धि कर सहित नदिजन्य पदार्थ बिक्रीको ठेक्का लगाएको थियो। भक्रम खोला वाट ८०८५.६० घन मिटर नदीजन्य पर्दाथ विक्री गर्न अनुमती सहित श्री राधारोशन निर्माण सेवाका प्रवन्धक रोजन बहादुर एम सि बिच ठेक्का भई संचालनमा आएको नगरपालिकाले जनाएको छ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६