खोज–अनुसन्धान

बुद्धभूमीमा भ्याकु चलाएर गैरकानुनी उत्खनन




कपिलवस्तु ७ जेठ ।कपिलबस्तुको बुद्धभुमि नगरपालिका ९ गब्दहवामा कानुन तहः सन्चालनमा प्रतिबन्द्ध लगाइएको भ्याकु मेसिन प्रयोग गरेर रातीको समयमा नदिजन्य पर्दाथको चरम दोहन गरिएको छ । कपिलबस्तुको जिल्ला समन्वय समिती, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगाएतको मौनताका कारण खुलेयाम प्राकृतीक स्रोत साधानको ब्रम्हलुट भएको एमालेका जिल्ला नेता एवं बुद्धभुमिका स्थानीय बासिन्दा गोर्कण पोख्रेलले बताउनुभयो । एक्साभेटर नै चलाएर नदिजन्य पर्दाथ निकाल्दा नदिमा ५ मिटर गहिराई, ७२ मिटर लम्बाई र १३ मिटर चौडाइ खाडल नै भएको छ । पटक पटक सरोकारवाला निकालयलाई अनुगमनका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको पोख्रेलको भनाई छ ।


कुमार के.सी प्रोप्राईटर रहेको पधदिप कन्सट्रक्सन बाग्लुङले नदिको ठेक्का लिएको छ । ठेकेदार कम्पनीले ठेक्का लागे देखि अनियन्त्रित दोहन गर्दै आएको स्थानीयको भनाई छ । अनियन्त्रीत नदी दोहने नदिमा ठुला ठुला खाल्टा खुल्टी समेत बनेका छन । खोलामा अनियन्त्रित रुपमा नदिजन्य पदार्थ निकासा गरेकोले आवश्यक अनुगमन र कारबाहीको प्रकृया अघि बढाउन स्थानीयले माग गरेका छन् ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६