प्रदेश

लुम्बिनी प्रदेशमा आज दुई मन्त्री थपिँदै



काठमाडौं, ०८ जेठ । लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो।
आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ । उसका कारण चार रिक्त मन्त्रालयमा आज दुई जनालाई मन्त्री बनाउने तयारी भएको हो। कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्दै छन्।

मन्त्रिपरिषद विस्तारको सम्भावना भए पनि शपथको तयारीका लागि औपचारिक जानकारी आई नसकेको प्रदेश प्रमुख कार्यलयका सचिव प्रल्हाद पोख्रेलले बताए। दुई मन्त्री थपिए पनि लुम्बिनी सरकारले पूर्णता पाउने छैन।

कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन बाँकी छन्। कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन मन्त्रालय पाउने सहमति भएको छ। जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले भने एक–एक मन्त्रालय पाएका छन्।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६