प्रदेश

कृष्णनगर नगरबासीहरुका लागी अब निःशुल्क रगत




कपिलवस्तु, ०८ जेठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरबासीहरुका लागी निःशुल्क रगत उपलब्ध गराउने भएको छ । कृष्णनगर नगरपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन सोमबार नेपाल रेडक्रस सोसाइटी बुटवल शाखासंग सम्झौता गरेको छ ।
नगरपालिका प्रमुख रजत प्रताप शाहले नगरबाट प्राइभेट अस्पतालमा उपचारका लागी जाने विरामीहरुले निशुल्क रगत नपाउने किन्नु पर्ने बाध्यता हटाउन नेपाल रेडक्रस सोसाइटि शाखा रुपन्देही अन्तर्गत रक्तसंचार केन्द्र संग सम्झौता गरेको हो । सरकारी अस्पतालमा उपचार गर्दा आवश्यक रगत निशुल्क पाइने तर प्राइभेट अस्पतालमा उपचार गराउदाँ प्रति युनिट रु। एक हजार तिर्नु पर्ने बाध्यता अब हटेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

नगर प्रमुख रजत प्रताप शाह, प्रमुख प्रसाशकिय अधिकृत इश्वरी प्रसाद शर्मा र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा बुटवलको तर्फबाट सभापति प्रेम लाल उदास र सदस्य सचिव राधा ज्ञवालीले हस्ताक्षर गरी कृष्णनगर बासीलाई निशुल्क रगत दिने व्यवस्था गरिएको हो । नगरबासीले प्राइभेट अस्पतालमा उपचार गराउदाँ आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवाले उपलब्ध गराउने छ भने उपलब्ध गराएको रगत वापतको रकम नगरपालिकाले व्यहोर्ने छ ।


दुई पक्षिय सम्झौता अनुसार बिरामीको उपचारको क्रममा रगत आवश्यकता अनुसार अस्पतालबाट गरिएको सिफारिसको आधारमा नगरबासी भएको पहिचान खुल्ने गरी परिचय पत्रको आधारमा रक्त संचार केन्द्र बुटवलले निशुल्क रगत उपलब्ध गराउने छ ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६