प्रदेश

बचतकर्ता र शेयरधनीले कुनै शंका नगर्न वाणगंगा सहकारी ब्यवस्थापक समुहको आग्रह



कपिलवस्तु, ०९ जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका सहकारीमा कुनै समस्या नरहेको जनाईएको छ ।
वाणगंगा सहकारी ब्यवस्थापक समुहले सोमबार एक विज्ञप्ती जारी गर्दै नगरपालिका भित्रका सहकारीमा कुनै समस्या नरहेको जनाएको हो । वाणगंगा सहकारी ब्यवस्थापक समुहले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ‘बचतकर्ता र शेयरधनीलाई कुनै चिन्तामा नरही नियमित कारोबारमा संलग्न हुन अपिल गर्दछौं ।’
मुलुकका केहि सहकारी संचालकका कारण नगरभित्रका शेयरधनीमा चिन्ता थपिनु स्वभाविक भए पनि त्यस्तो चिन्ता नगर्न समुहका अध्यक्ष हरिलाल शर्माले आग्रह गरे । उनी सिद्धार्थ बचत तथा क्रण सहकारी संस्थाका ब्यवस्थापक हुन् । सहकारी संचालक र शेयरधनी पारस्परिक भएर अगाडि जाँदा भोलिका दिनमा कुनै समस्या नआउने ब्यवस्थापकहरुको विश्वास छ । वाणगंगामा अहिले बचत, कृषि तथा बहुउदेश्यीय सहकारी गरी ५९ वटा सहकारी छन् ।

वाणगंगामा शाइन बचत तथा क्रण सहकारी संस्थाले रकम अपचलन गरेको भन्ने समाचार आएपछि त्यहाँका बचतकर्तामा शंका उब्जिएको थियो । स्थानीय ब्यक्तिले सो सहकारीका संचालक र ब्यवस्थापक चोर नै भनेर सामाजिक संजालमा राखेपछि बचत कर्तामा थप शंका उब्जिएको थियो ।

शाइन सहकारी बाहिरबाट आई वाणगंगामा शाखा संचालन गरेको सहकारी हो । यस्तै बाहिरबाट आई शाखा संचालन गरेका सहकारीमा सुप्रिम र मञ्जुश्री पनि रहेका छन् । बाहिरबाट आएर शाखा संचालन गरेका सहकारीका बचतकर्ता भने सजग हुनुपर्ने वाणगंगाका सहकारी संचालक बताउँछन् ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६