प्रदेश

बाणगंगाबासीको सहकारी प्रति बढदो आकर्षण

३० हजार बढीले गर्छन सहकारीमै आफ्नो कारोवार





कपिललस्तु, ९ जेष्ठ ।
२३ हजार ३ सय २५ घरधुरी रहेको बाणगंगा नगरपालिमा सहकारी मार्फत ३० हजार ४ सय ६९ जनाले कारोवार गर्ने गरेको पुष्टी भएको छ । न्यूनतम एक घर एक सहकारी सदस्यको नारालाई उछिन्दै बाणगंगाबासीले आफ्नो सहकारी प्रतिको माया, ममता दर्शाएका छन् । सहकारी मुल्य, मान्यता, सिद्धान्तका आधारमा सहकारीका सदस्य नै त्यस सहकारीका आफै मालिक भएको कारण बाणगंगा बासीमा सहकारी प्रति दिनानूदिन आकर्षण बढदै गएको बताउनु हुन्छ सहकारी अभियानकर्मी गुणानिधी भुसाल ।
सहकारी मुल्य, मान्यता, सिद्धान्त विपरित संचालित केही सहकारीका कारण सहकारी अभियानलाई नै धमिलाउने काम भएको छ भन्नुहुन्छ लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्य ।
नगर भित्र मुख्य कार्यालय रही संचालित ५९ वटा विभिन्न विषयगत सहकारीबाट ३ अर्व ४२ करोड ६९ लाख ५४ हजार ३ सय ११ रुपैया कर्जा लगानीमा रहेको बाणगंगा नगरपालिकाको सहकारी शाखाले जनाएको छ ।
नगर भित्रका रहेका ५९ वटा सहकारीको ६३ करोड ७८ लाख ८० हजार ९८ शेयर पुजी रहेको बाणगंगा नगरपालिकाको सहकारी शाखाले जनाएको छ । ५९ सहकारीमा प्रत्यक्ष रुपमा १ सय ३४ जना कार्यरत रहेका छन् ।
नेपालको संविधानले राज्यको तीन खम्बे अर्थ नीति अन्र्तगत सहकारी क्षेत्र एउटा बलियो खम्बा भएको बताउदै समाजवादउन्मुख अर्थतन्त्रका निम्ति बलियो खम्बाको रुपमा सहकारी क्षेत्र रहेको छ भन्नुहुन्छ माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष यूवराज पोख्रेल । नेपाली भौगोलिक बनावट, नेपाली, कला, संस्कृती, सभ्यतालाई समेत ध्यान दिदा समतामूलक समाज निर्माणका निम्ति सहकारी क्षेत्रको विकास, शुसासन अपरिहार्य रहेको बताउनु हुन्छ जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष द्रोणराज सुवेदी ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६