१० जेठ बुटवल ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका(४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।








प्रतिक्रिया