देश

पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी



काठमाडौं, १२ जेठ । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ ।
सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सुनको जलहरी भनेर पित्तल लगाइएको उनको आरोप थियो ।

उक्त आरोप सत्यताका आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।
सर्वदलीय बैठक नयाँ वानेश्वरस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सर्वदलीय बैठक जारी छ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६