प्रदेश

लुम्बिनी प्रदेश सभाः आजदेखि बजेट अधिवेशन शुरु




कपिलवस्तु, १२ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबार शुरु हुँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्।

बैठकको शुरुमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ। त्यसपछि दलहरूको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्नेछन्।

प्रदेश सभा सचिवालयका अनुसार शुक्रबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ।

उनले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६