प्रदेश

लुम्बिनी सरकारले जनभावना र विचार समेट्न गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सासंदहरुको सुझाव



दाङ, १२ जेठ । लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक अर्थात बर्खे अधिवेशनको पहिलो बैठकमा सासंदहरुले सरकार आगामी आर्थिक वर्षको २०८०/०८१ बजेट तथा नीति कार्यक्रम निर्माणको पूर्वसध्न्यामा रहेकाले सरकारले जनभावना र विचार समेट्न गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सासंदहरु सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य जन्मजयन तिमिल्सिनाले लुम्बिनी प्रदेश सरकारले प्रदेशको विकास , समृद्धि र समताका लागि आधारभूत विकास पहुँच बाहिर रहेका विकासको अभावमा बाँचिरहेका बस्तीका लागि समानता मूलक बजेट सहित जनभावना अनुरुपको बजेट र नीति कार्यक्रम लागु गर्न अपिल गरेका छन् । आगामी बजेट तथा नीति कार्यक्रमले प्रदेशलाई रूपान्तरण गर्ने गरी अधुरा योजनालाई पुरा गरी कृषि क्षेत्रमा आधारित योजना निर्माण प्राथमिकतामा राख्दै सरकार अघि बढ्नुपर्ने उनको सुझाव थियो । जसका लागि सबै सहमति र सहकार्य गरी सरकार अघि बढ्नुपर्ने उनको भनाई थियो ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले बजेट कार्यकर्तामुखी नभई जनतामुखी बजेट र नीति कार्यक्रम सरकारले अघि बढाउनुपर्ने उनले बताए । सरकारले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र प्रदेशवासीको भावना र आवश्यकताको पहिचान गरी साझा ढङ्गले सरकारले बजेट निर्माण गर्ने सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा सांसद आचार्यले प्रदेश सरकारका गौरवका आयोजनाहरू अघि बढ्न नसकेकाले प्रदेश सरकारले गौरवका आयोजना निर्माण र निरन्तरताका लागि आवश्यक कार्य सञ्चालन गर्नुपर्ने बताए । प्रदेश सरकारकै गौरवका आयोजनाहरू अलपत्र परेकाले सरकारले ती आयोजना निर्माणका लागि तदारुकता देखाउन उनले आग्रह गरे । उनले लुम्बिनी प्रदेशको समृद्धिको आधार पहिलो आधार कृषि क्षेत्रको रहेकाले कृषि क्षेत्रको विकास लागि बृहत् योजना र बजेट निर्धारण गर्न माग उनले गरेका छन् । त्यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि सरकारले प्राथमिकताको योजना निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले जनताको भावना र विचार समेट्ने गरी सरकारले आगामी बजेट निर्धारण गरिनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्य थारुले प्रदेशको समृद्धि र विकासका लागि जनभावना अनुरुप बजेट तथा नीति कार्यक्रम तय गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए । थारुले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि जनताको प्रतिनिधिको हैसियतले सरकारलाई सदैव सकारात्मक खबरदारी गर्ने समेत उनले बताए । बैठकमा प्रदेशसभा सदस्य नरमाया ढकाल, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र मिनाकुमार श्रेष्ठले सरकारलाई सुझाव सहितको भनाई राखेका थिए ।

साथै बैठकमा मन्त्री सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित नियमको संशोधन सम्बन्धीको विधेयक प्रदेशसभा पेस गरेका थिए । लुम्बिनी प्रदेशसभाको आगामी बैठक यही जेठ १४ गते आइतबार दिउसो १ बजे बस्ने निर्णय गरेको छ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६