देश

२००७ सालदेखिका भ्रष्टाचारको फाइल खोलौँः महामन्त्री शर्मा



काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सात सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।
उनले विगतमा नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै सबै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरे । ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ,’ शर्माले भने, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’

त्यस्तै शर्माले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले यो कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

शर्माले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने शर्माको भनाई छ । पुरानो शैलीको यस प्रकारको नीति तथा कार्यक्रमलाई अन्तिम बनाउनुपर्ने बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ ।’

प्रकाशित : १३ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६